राष्ट्रियसभा बैठक भाेलिसम्मका लागि स्थगित

राष्ट्रियसभा बैठक भाेलिसम्मका लागि स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज बस्ने भनिएको राष्ट्रियसभाको बैठक स्थगित भएको छ । सदनमा एमालेको अवरोध कायम रहेकाले बैठक स्थगित गरिएको हो ।

अब राष्ट्रियसभाकाे बैठक मंगलबार बिहान ११ बजे बस्ने छ । संघीय संसद सचिवालयले सार्बजनिक गरेको कार्यसुची अनुसार बैठकमा बिनियोजन बिद्येयक २०८० माथि मन्त्रालयगत रुपमा छलफल हुने तय गरिएकाे थियाे ।

जसअनुसार आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सुचना प्रबिधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, उर्जा मन्त्रालय, जलस्राेत तथा सिंचाइ मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय, श्रम राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषी तथा पशुपन्छी विकास मन्त्रालय माथीकाे बजेट माथी छलफल हुदैँ थियाे ।

साथै, गृह मन्त्रालय, रक्षा मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालय माथी छुटाईएको बजेट माथी पनि छलफल हुने भन्दै सम्भाबित कार्यसुची पनि सार्बजनिक गरिएकाे थियाे ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर एमालेले लगातार राष्ट्रियसभाको बैठक अवरुद्ध गरिरहेको छ ।