काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रियसभाको बैठक स्थगित भएको छ ।
शुक्रबार ११ बजे बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग गर्दै एमालेले राष्ट्रियसभा बैठक अवरोध गरेको हो । एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउन माग गर्दै सदन अवरोध गर्दै आएको छ ।
एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भनाई राखेपछि बैठक अवरुद्ध भएको थियो ।सत्तापक्ष र प्रतिपक्षका सांसदहरु बैठकमा उभिएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक स्थगित गरेका हुन् ।
राष्ट्रियसभाको अर्को बैठक साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्नेछ ।




प्रतिक्रिया