राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने


काठमाण्डु – आज राष्ट्रियसभाको बैठक बस्दैछ । संघिय संद भवन नयाँ बानेश्वरमा आज दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेकको छ ।

पुस ५ गते संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले आज राष्ट्रिय सभामा सम्बोधन गर्न लागेका हुन् ।प्रधानमन्त्री ओलीले देशको समसामयिक विषयमा बैठकमार्फत सम्बोधन गर्ने ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री ओलीले थारू आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने र विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन पेश कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा विघटनलाई लिएर राजनीतिक रूपमा विभाजित भइसकेको अवस्था छ भने प्रतिनिधिसभा विरुद्ध देशभर विरोध प्रदर्शन भइरहेका छन् ।