राष्ट्रियसभा निर्वाचन : एमाले प्रदेश १ र गण्डकीका उम्मेदवार परिवर्तन

राष्ट्रियसभा निर्वाचन : एमाले प्रदेश १ र गण्डकीका उम्मेदवार परिवर्तन


काठमाण्डु – नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि केही उम्मेदवार परिवर्तन गरेको छ । यसअघि एमालेले १९ जनाको नाम टुंगो लगाएर सार्वजनिक गरेको थियो । तर अन्तिम समयमा आएर एमालेले प्रदेश नम्बर एक खुला र गण्डकी प्रदेशको दलिततर्फ उम्मेदवार परिवर्तन गरेकाे हाे ।

प्रदेश नम्बर १ खुलातर्फ देवराज घिमिरेको ठाउँमा स्थायी कमिटी सदस्य गुरु बराललाई एमालेले उम्मेदवार बनाएको छ । उनी मोरङका पूर्व सांसद पनि हुन् । यस्तै यसअघि गण्डकी प्रदेशको दलिततर्फका उम्मेदवार गोविन्द बहादुर नेपालीलाई उठाउने निणर्य भएकोमा अर्जुन कुमार सुनामलाई उठाउने निर्णय भएको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।