काठमाण्डु – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । आगामी माघ १२ गते १९ सिटका लागि हुने निर्वाचनका लागि मंगलबार १२ दलहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी सहितका १२ दलबाट ४३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएका निर्वाचन आयोगले जानकारी दिएको छ ।
भोलि २१ उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, पुस २३ गते नै उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगको निर्वाचन तालिका छ ।
राष्ट्रियसभा निर्वाचनका लागि एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्दैछ । अधिकांश सिटमा ५ दलीय गठबन्धनले नै जित्ने निश्चित जस्तै छ ।
यी हुन उम्मेदवारी दिनेहरु:




प्रतिक्रिया