राष्ट्रियसभा बैठक बस्दै :विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

राष्ट्रियसभा बैठक बस्दै :विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभाको बैठक शुक्रबार दिउँसो १२ः३० बजे बस्दैछ। संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार बैठकमा विनियोजन विधेयक २०८० माथि मन्त्रालयगत रूपमा छलफल हुनेछ ।

बैठकमा गृह मन्त्रालय,रक्षा मन्त्रालय,राष्ट्रपतिको कार्यालय,उपराष्ट्रपतिको कार्यालय,प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ।

साेअघि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले ‘विद्युतीय व्यापार विधेयक २०८० सभामा पेश गर्ने कार्यसूची छ। प्रमुख प्रतिपक्ष एमालेको अवरोधका कारण बिहीबारको बैठक स्थगित भएको थियो।