पार्टी विभाजित हुँदा मुटु चिरिएको अनुभव भइरहेको छ: दिनानाथ शर्मा

पार्टी विभाजित हुँदा मुटु चिरिएको अनुभव भइरहेको छ: दिनानाथ शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभामा प्रतिनिधि सभा विघटनको विषयले प्रवेश पाएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधि सभा विघटनको विषय राष्ट्रिय सभामा उठाएका हुन् ।

शुक्रबार अपरान्ह सुरू भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा भंग गरेको विषय उठाउँदै नेकपा औपचारिक रूपमा विभाजन नभए पनि फुटको संघारमा रहेको राष्ट्रिय सभामा जानकारी गराएका छन् । उनले उपाध्यक्षसमेत रहेका सांसद वामदेव गौतमले पार्टी एकताका लागि जोड्न रसायन छ भने प्रयोग गर्न आग्रह गरेका छन् ।

‘पार्टी विभाजित भएको र प्रतिनिधि सभा नभएको बेला राष्ट्रिय सभा अहिले चलिरहेको छ,’ शर्माले भने, ‘कुनै सिद्धान्त र दर्शनका आधारमा नेकपा विभाजन भएको होइन । पार्टी विभाजित हुँदा मेरो मुटु चिरिएको छ । मुटु फुटेको अनुभव गरेको छु ।’

राजनीतिक स्वार्थका लागि नेकपा विभाजित भएको शर्माको भनाइ थियो ।