राष्ट्रियसभा निर्वाचन : मनोनयन दर्ता सुरु

राष्ट्रियसभा निर्वाचन : मनोनयन दर्ता सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता प्रक्रिया सुरु भएको छ । आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सातवटै प्रदेशस्थित निर्वाचन कार्यालयमा बिहान १० बजेदेखि उम्मेदवारी दर्ता सुरु भएको हो ।

उक्त निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता भएका छन् । आयोगले यही पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्नेछ । चुनावका लागि सत्ता गठबन्धनले साझा उम्मेदवारी दिने सहमति गरिसकेको छ भने एमाले एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिँदैछ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा (माओवादी केन्द्र)का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । उक्त निर्वाचनमा नौ राजनीतक दलले सबै प्रदेशमा र तीन दलले प्रदेश विशेषमा मात्र भाग लिनेछन्।