काठमाण्डु – राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाको बैठक २५ पुसमा बोलाएका छन् । संघीय संसदका महासचिव डा.भरतराज गौतमले मंगलबार सूचना जारी गर्दै २५ पुस दिउँसो १ बजे बैठक बस्ने जानकारी दिएका हुन् ।
यसअघि ५ पुसमा बैठक बसेको थियो । संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेले अवरोध गर्दै आएको छ । जसले गर्दा संसद् बैठक प्रभावकारी बन्न सकेको छैन ।





प्रतिक्रिया