राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु


काठमाण्डु – आजबाट नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण सुरु भएको छ । कोरोना भाइरस कोभिड—१९ का कारण ठप्प रहेको क्रिकेटको बन्द प्रशिक्षण ९ महिनापछि कीर्तिपुरस्थित टीयु क्रिकेट मैदानमा सुरु भएको हो ।

प्रशिक्षक जगत टमटाको नेतृत्वमा ९ महिनापछि बन्द प्रशिक्षणमा फर्किएको टीमले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएको छ । सुरुमा बन्द प्रशिक्षणका लागि २२ जना खेलाडीलाई बोलाइएकोमा नेपाल क्रिकेट संघ (क्यान)ले अहिले २७ जनालाई प्रशिक्षणमा राखेको छ ।

यद्यपि, कप्तान ज्ञानेन्द्र मल्ल सहित पाँच जना खेलाडीलाई कोरोना देखिएपछि प्रशिक्षणमा सहभागी हुन पाएनन् । कप्तान मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी र रोहित पौडेललाई कोरोना पोजेटिभ देखिएकाले हाल उनीहरु सेल्फ आइसोलेसनमा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement