राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेस हुने

राष्ट्रिय सभामा आज राजनीतिक दल सम्बन्धी अध्यादेश पेस हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय सभाको बुधबारको बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश २०७८ पेस हुने भएको छ ।

संघीय संसदको नवौँ अधिवेशन सुरु भएकै दिन बुधबार सो अध्यादेश पेस हुने भएको हो । यसअघि बुधबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको थियो ।

सो बैठकपछि सार्वजनिक गरिएको राष्ट्रिय सभाको बुधबारको बैठकको सम्भावित कार्यसूचीमा सो अध्यादेश र संविधान सभा सदस्य जुठबहादुर खड्की (जेबी टुहुरे)को निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने उल्लेख छ ।

यसअघि बैठकको सुरुमै अध्यक्षले अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा वाचन गरेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।