बंगलादेशबाट फर्किएका सबै खेलाडीको कोरोना रिपार्ट नेगेटिभ


काठमाण्डु – नेपाली राष्ट्रिय फुटबल टिमका सबै खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।

बंगलादेशसंग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेर बिहिबार स्वदेश फर्किएका २५ खेलाडीको कोरोना भाइरस परीक्षणका लागि सोमबार स्वाब संकलन गरीएको थियो ।

उनीहरु सबै जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । कोरोना नेगेटिभ आएपछि सातदोबाटोस्थित एन्फाको होस्टलमा बसेका सबै खेलाडीलाई एन्फाले घर जान दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement