काठमाण्डु – राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्षमा तपबहादुर मगर सिफारिस भएका छन् । संवैधानिक परिषद्ले मगरलाई आयोगको अध्यक्षमा सिफारिस गरेको पत्र पत्र सुनुवाईका लागि संसद सचिवालयमा पठाएको खुलेको छ ।
मंसिर ३० गते बसेको संवैधानिक परिषद बैठकले अध्यक्षमा मगरसहित सदस्यमा मनोज दवाडी, डा सूर्य ढुङ्गेल, लिली बस्नेत थापा र मिन ठाकुरलाई सिफारिस गरेको हो ।
संवैधानिक परिषद् (काम कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ संशोधन अध्यादेश जारी भएपछि मंसिर ३० गते बसेको परिषदको बैठकले मगरलाई आयोगको अध्यक्षमा सिफारिस गरेको स्रोतले जानकारी दियो ।
यससँगै संसदीय सुनुवाइ विना नै मगर अध्यक्ष हुने भएका छन् । कानुन अनुसार अध्यक्षसहितको नाम सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने थियो । तर आइतबार संसद नै विघटन गरेपछि मगरको नियुक्ति प्रक्रिया विधान विपरीत बन्न पुगेको छ ।




प्रतिक्रिया