थ्रेसरबाट धान दाइँमा रोक लगाएपछि निकुञ्ज पीडितले सरकारको विरोध गर्दै सडकमै चुटे धान

थ्रेसरबाट धान दाइँमा रोक लगाएपछि निकुञ्ज पीडितले सरकारको विरोध गर्दै सडकमै चुटे धान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले कञ्चनपुरका निकुञ्ज विस्थापितलाई थ्रेसरबाट धान दाइँ गर्न रोक लगाएको छ।

 

 

 

निकुञ्जले यस वर्ष धानखेतीदेखि कञ्चनपुरको लालझाँडी गाउँपालिका–१ ढक्का शिविरमा बस्दै आएका पीडितलाई मेसिन अर्थात थ्रेसरबाट धान दाइँमा रोक लगाएको हो। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले सेना र आफ्ना कर्मचारी लगाएर पीडितलाई धान दाइँ गर्न नदिएपछि काटेको धान खेतमै कुहिन लागेको पीडितले बताएका छन्।

 

 

 

 

मंगलबार पीडितले सरकारको बिरोध स्वरुप सडकमै धान चुटेका छन्। कृषिमा आधुनिक प्रविधिको विकास गर्न सरकारले प्रोत्साहन गर्नुको साटो पीडितलाई मेसिनबाट धान चुट्न बन्देज लगाएको बिरोधमा बेलौरी–कलुवापुर सडकखण्ड ढक्का सडकमा धान तेस्याएर चुटेका हुन्।

 

 

९ वर्षदेखि नियमित ढक्का शिबिरमा मेसिनबाट धान चुट्ने र खेत जोत्दै आएका पीडितले यसबर्षदेखि सरकारले धान चुट्नबाट रोकेर मानव अधिकारको उल्लंघन गरेको दुखेसो पोखेका छन्।

 

 

शुक्लाफाँटा निकुञ्ज पीडित दल बहादुर विकले भदौँ–साउनमा काटेको धान सरकारले चुट्न नदिएको दुखेसो पोखे।

 

 

निकुञ्ज पीडित महिला खेमादेवी कार्कीले सरकारले पीडितमाथी फेरी दमन गर्नका लागि काटेको धान खेतमै थन्किएको बताए ।

 

 

जिल्ला खाद्य अधिकार संजाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले पीडितको खाद्य अधिकार सुनिश्चितमा जोडदिए । ‘खाद्य अधिकारको कोणबाट यो निकुञ्जको कदम उचित छैन्, ‘उनले भने, ‘नागरिकलाई मानव अधिकारबाट बञ्चित गराउनु हुन्न् ।’

 

 

झण्डै डेढ दशक पहिले तत्कालिन शुक्लाफाँटा बन्यजन्तु आरक्ष विस्तारका क्रममा विस्थापित गराएका पीडित विस २०६४ सालदेखि ढक्का झुपडी बनाएर बस्दै आएका छन्।