कप्तान मल्लसहित तीन खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ, बन्द प्रशिक्षणमा सहभागी


काठमाण्डु – कोरोना रिपोर्ट नेगेटिभ आएका राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लसहित, तीन खेलाडी नेपाल क्रिकेट संघ (क्यान)ले सञ्चालन गरिरहेको बन्द प्रशिक्षणमा सहभागी हुने भएका छन् ।

कप्तान मल्लसहित उपकप्तान दीपेन्द्र ऐरी र रोहित पौडेल बन्द प्रशिक्षणमा आजदेखि सहभागी हुने भएको क्यानले आइतबार एक विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।

तीन क्रिकेटर र स्टाफ प्रदीप लामाको गत मंगलबार गरिएको पीसीआर परीक्षणमा पोजेटिभ देखिएको थियो । पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा भने सबै चार जनाको रिपोर्ट नेगेटिभ आएको थियो । रिपोर्ट नेगेटिभ आएपछि कप्तान मल्लसहित तीन खेलाडी क्याम्पमा समावेश हुन लागेका हुन् ।

क्यानले पीसीआर परीक्षण गर्नुअघि नै पोजेटिभ रिपोर्ट आएका बसन्त रेग्मी र शनिबार पोजेटिभ रिपोर्ट आएका सन्दीप लामिछाने भने आइसोलेसनमा बसिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement