काठमाण्डु – सरकारले राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमको मिति परिवर्तन गरेको छ । यो बर्ष दशैं पर्व परेकाले कार्यक्रम कात्तिक ७ र ८ गतेका लागि तय गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसअघि कात्तिक २ र ३ गतेका लागि तय भएको थियो । सबै ७ सय ५३ वटै स्थानीय तहलाई मिति परिवर्तन भएकोबारे जानकारी गराइएको मन्त्रालयले जनाएको छ ।
राष्ट्रिय भिटामिन ’ए’ कार्यक्रम अन्तर्गत सरकारले ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, १ देखि ५ बर्षसम्मका बालबालिकालाई जुकाको औषधि र ६ देखि २३ महिनाका बालबालिकाहरुलाई बहुसुक्ष्म पोषक तत्व बालभिटा कार्यक्रम लागू भएका जिल्लाहरुमा वितरण गर्दै आएको छ ।




प्रतिक्रिया