धर्तीको स्वर्ग खप्तडको सुन्दरता (फोटो फिचर) 

धर्तीको स्वर्ग खप्तडको सुन्दरता (फोटो फिचर) 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ – प्राकृतिक सौन्दर्यताको खानी खप्तडलाई धर्तीको स्वर्गको उपमा दिइएको हो । बझाङ, बाजुरा, डोटी र अछाम जिल्लाको संगमस्थलका रुपमा रहेको खप्तडमा २२ वटा घांसे मैदान अर्थात पाटन रहेका छन् ।

चारैतिर जंगल, जंगलका बिचमा पाटन,खप्तड जानका लागि गएको जो कोहि पर्यटक दिनभरको हिँडाइले थकित हुन्छ, जब खप्तडको मैदानमा खुट्टा टेक्छ तब उसले सारा थकान, बिर्सन्छ ।

यसको वरिपरि ५३ वटा थुम्काहरु छन् । खप्तडको सुन्दरताका गहना हुन । जसलाई स्थानीय भाषामा झोती भनिन्छ । घांसे मैदान, खप्तड दह, नाग ढुंगा, केदार ढुंगा, खप्तड बाबा आश्रम, शिव मन्दिर यहांको आकर्षण हुन् ।

यो ५० वर्ष पहिले खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउं हो । खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक पर्यटककिय हिसाबले समेत उपयुक्त गन्तव्य मानिन्छ ।

धर्तीको स्वर्गका रूपमा मानिने खप्तड बाजुरा, बझाङ, अछाम र डोटी चार जिल्लाको केन्द्रमा रहेको छ । खप्तड सुदूरपश्चिमको प्रमुख पर्यटीकय गन्तव्य हो । पौराणिक कालमा सिद्ध तथा ऋषिमुनीहरूले तपस्या गरेको यस क्षेत्रलाई पुराणमा समेत खेचरादी पर्वतका रूपमा वर्णन गरिएको छ ।

समुन्द्र सतहबाट ३३ सय फिट उचाइ र दुई सय २५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खप्तड क्षेत्र धार्मिकरूपमा पवित्र मानिन्छ । खप्तड क्षेत्रमा रहेका २२ वटा ठूला ठूला पाटन रङ्गीबिरङ्गी फूलले पर्यटकको मन तान्छन् । ठूल्ठूला ढुङ्गाका नाग ढुङ्गा, हरिना चरिजेठी बहुरानी, छिन्टे ढुङ्गा, याई घट्ट छ्याई पानी, भिम लौणी लागायतका आकृति रहेका छन् ।

विभिन्न शक्तिपिठ जस्तै सहस्रलिङ्ग, त्रिवेणी, खप्तड बाबा आश्रम, खापर दह, त्रिवेणी, माईकाथान जस्ता ठाउंमा पूजाआजा गर्नाले मनले चिताएको पूरा हुने विश्वास रहंदै आएको छ ।

मङ्सिरदेखि फागुनसम्म हिउंले ढकमक्क हुने यस ठाउंमा बैशाखबाट हरियाली भएर पर्यटकको मन लोभिन्छ चारैतिर पाटनहरु हराभरा भएर विरक्तीएको मन समेत खप्तडमा शान्त र शालिन हुन्छ ।

तस्बिरहरु : सन्तोष खड्का, बझाङ गोर्खाली