सुदूरपश्चिम सरकारबाट नाउपा फिर्ता

सुदूरपश्चिम सरकारबाट नाउपा फिर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिममा सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टीको सुदूरपश्चिम संसदीय दलको शुक्रबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले केन्द्रको निर्णय अनुसार समर्थन फिर्ता लिएको जानकारी दिए ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बिहीबार बर्खास्त गरेपछि नाउपाले सरकार छाडेको हो ।

पार्टी अब प्रतिपक्षीमा बस्ने छ । मुख्यमन्त्रीले दादागिरी शैलीमा मन्त्रीलाई हटाएको पार्टीले दाबी गरेको छ ।
पार्टीले केन्द्र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने जनाएको छ ।

केन्द्र सरकारका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीलाई फिर्ता बोलाउने तयारी पार्टीले गरेको छ ।