नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नागरिक उन्मुक्ति पार्टी (नाउपाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लियो लिएको छ।

प्रदेशसभा सदस्य उर्मिला देवी सिंहले आज बसेको मधेश प्रदेशसभा बैठकमा पार्टीको समर्थन फिर्ता लिएको घोषणा गरेकी हुन्।

सिंह नागरिक उन्मुक्तिबाट समानुपातिक प्रणालीबाट निर्वाचित प्रदेश सांसद हुन्।

सिंहले बजेटमा ‘बिचौलिया’हरूको प्रभाव देखिएको भन्दै आफूले त्यसको प्रमाण समेत संकलन गरेको दाबी गरिन्। उनले बजेट निर्माण प्रक्रियामा पारदर्शिता नदेखिएको आरोप लगाउँदै सरकारको व्यवहारप्रति असन्तुष्टि जनाइन्।