यस्ताे छ शनिबारकाे माैसम पूर्वानुमान


काठमाण्डु – जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे छ । शुक्रबार रातिदेखि नै पश्चिमी वायुको प्रभाव हटेकाले देशभर मौसम सफा रहनेछ ।

 तराई तथा काठमाण्डु उपत्यकासहितका क्षेत्रमा बिहान कुहिलो लाग्ने छ ।  विगतका दुई दिन पश्चिमी वायुको प्रभावका कारण देशका अधिकांश क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भएको थियो र केही स्थानमा हल्का पानी पनि परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement