नेपालकै पहिलो नवग्रह मन्दिरमा धार्मिक महोत्सव सम्पन्न

नेपालकै पहिलो नवग्रह मन्दिरमा धार्मिक महोत्सव सम्पन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ मा नेपालकै पहिलो नवग्रह मन्दिरको निर्माण गरी प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न भएको छ ।

फागुन ६ गतेबाट ९ दिनसम्म चलेको धार्मिक महोत्सव १४४ वर्षमा आएको महाकुम्भको समयमा महाशिवरात्रिको अवसरमा पारेर नेपालमै पहिलो नवग्रह मन्दिरको प्राण प्रतिष्ठा तथा अनुष्ठान सम्पन्न गरिएको हो । अर्जुनचौपारीको यो अनुष्ठान तथा धार्मिक महोत्सव फरक किसिमका प्रस्तुतिसहित धार्मिक महोत्सव आयोजना गरिएको हो ।

अर्जुनचौपारीको नेपालकै पहिलो नवग्रह मन्दिरमा फरक किसिमको प्राण प्रतिष्ठा, अनुष्ठान तथा धार्मिक महोत्सवको आयोजना गरिएको पालिका अध्यक्ष तिवारीले बताए । तिवारीले भने, ‘हाम्रो धार्मिक महोत्सवमा भिन्न प्रकृतिको रह्यो, मन्दिरको पूजामा आउने सबै भक्तजनहरूलाई समान व्यवहार हुनुका साथै धार्मिक महोत्सवका नाममा मौलाउँदै गएको विकृतीलाई चिर्ने प्रयास ग¥यौं ।’

‘महोत्सवमा सहयोगी कसैको शिलालेख लेखिएन् । पदका आधारमा कसैलाई काखा र कसैलाई पाखा गरिएन् । सबै भक्तजनलाई समान व्यबहार गरियो’, उनले भने ।

तिवारीले ९ दिनसम्मको कार्यक्रममा ६ वटै वडाका वडा अध्यक्षलाई सभापतिको जिम्मेवारी समेत सुम्पिएर सबैलाई समान जिम्मेवारीको वाडफाँडसहित महोत्सव सम्पन्न भएको बताए ।

नवग्रह मन्दिरमा ९ दिनसम्ममा नेपाल तथा छिमेकी देशबाट करिब १ लाख २५ हजार वढी भक्तजनहरूले दर्शन गरेका थिए ।

नवग्रह मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतराज पोखरेलका अनुसार ९ दिनसम्म करिब १ लाख वढीलाई निःशुल्क खानपानको व्यवस्थापन समेत गरिएको थियो ।

महोत्सवमा सवा करोड दीप प्रज्वलन, चार बेदको पाठ पारायण, गायत्री मन्त्रद्वारा सवालाख हवन, धार्मिक अन्र्तक्रिया, सन्ध्याकालिन महाआरती तथा भजनकृतन गरिएको पोखरलेले बताए । अनुष्ठान एवं धार्मिक महोत्सवमा आचार्य श्री चैतन्वय कृष्ण महाराज गुरु प्रमुख बाचक रहेका थिए भने डा. केएन स्वामीले समेत धार्मिक प्रवचन दिएका थिए ।

नवग्रह मन्दिर शनिबार मात्र खुल्नेछ र ९ चक्र मध्ये एक चक्र भने भक्तजनहरूलाई मध्यनजर गरेर अन्य दिनमा पनि पुजाआजा गर्न पाईनेछ ।