काठमाण्डु – राजसंस्था पुनःस्थापनाको आन्दोलनमा होमिएको संयुक्त जनआन्दोलन समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सँगसँगै आन्दोलन गर्न प्रस्ताव गरेको छ ।
जेठ १५ गतेदेखि सुरु गर्न लागिएको आन्दोलनमा साथ खोज्दै समितिका संयोजक नवराज सुवेदीले रास्वपाका कार्यबाहक सभापति डीपी अर्याललाई पत्र पठाएका हुन् ।
मंगलबार पठाएको पत्रमा १५ जेठदेखि सुरु हुने आन्दोलनमा सहभागिताका लागि प्रस्ताव गरिएको छ ।
संयोजक सुवेदीले पठाएको पत्रमा हालको राजनीतिक व्यवस्थाअन्तर्गत रास्वपा सभापति रवि लामिछानेले निष्पक्ष न्याय पाउन कठिन भएको र जनताको मूल भावना बेवास्ता गरिँदै आएको दाबी गरिएको छ ।




प्रतिक्रिया