नवराज सिलवालको ट्वीट: म फरार व्यक्ति होइन

नवराज सिलवालको ट्वीट: म फरार व्यक्ति होइन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– पूर्वडिआइजी एवं एमाले सांसद नवराज सिलवालले आफू फरार व्यक्ति नभएको बताएका छन्। शनिबार संसद् भवनमा एमाले–माओवादीका सांसद्हरुलाई संयुक्त प्रशिक्षण दिने आयोजित कार्यक्रममा देखा परेका सिलवालले ट्वीट गर्दै
सिलवालले आफूूलाई फरार अभियुक्त भनिएकोप्रति आपत्ति जनाएका हुन्।

ट्वीट गर्दै उनले भनेका छन्, ‘नवराज सिलवालमाथि कुनै औपचारिक अभियोग दर्ज पनि छैन र उ कुनै फ़रार व्यक्ति पनि होइन। तथ्यलाई वंग्याएर केहि मित्रहरूले अन्यथा ढंगले प्रचार गरी जनमानसमा भ्रम फैलाएको प्रति दुःख व्यक्त गर्दछु।’

ललितपुर १ बाट निर्वाचित सांसद सिलवालविरुद्ध कीर्ते अभियोग पछि उनी निस्पक्ष छानबिनको माग गर्दै आएका छन्। आफूूले कीर्त नगरेको तर, निस्पक्ष छानबिन गर्नुपर्ने उनको माग रहेको छ।