ललितपुर १ मा नवराज सिलवाल कि उदय शम्शेर ? यस्तो छ सम्भावना

ललितपुर १ मा नवराज सिलवाल कि उदय शम्शेर ? यस्तो छ सम्भावना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डौ –केहीअघि एमाले अध्यक्ष केपी ओलीले एक सार्वजनिक कार्यक्रममा नवराज सिलवालका बारेमा भनेका थिए, ‘प्रहरी महानिरीक्षक बन्न नसके पनि म उनलाई गृहमन्त्री बनाइदिन्छु ।’ ओलीको उक्त भनाइलगत्तै निवर्तमान डीआईजी सिलवाल प्रहरीको सेवाबाट राजीनामा दिएर एमाले प्रवेश गरे ।

 

 

 

 

 

पार्टी प्रवेशसाथै उनले प्रतिननिधिसभाको उम्मेदवारी पाए ललितपुर–१ मा वाम गठबन्धनबाट । अहिले यो निर्वाचन क्षेत्र चुनावी प्रतिस्पर्धाले भन्दा पनि सिलवालको राजनीतिक यात्राका कारण बढी चर्चामा छ ।

 

 

 

महानिरीक्षकको मैदानमा पराजित भए पनि संसदीय प्रतिस्पर्धामा खरो उत्रिने सिलवालको भनाइ छ । चुनावी अनुभवबारे बुझ्न खोज्दा उनी कार्यकर्ताको भीडमा थिए । ‘मान्छे परिस्थितिको दास हुँदोरहेछ, परिस्थितिलाई बदलेर आफ्नो अनुकूल बनाउन सक्ने महापुरुषको कथा त पढिएको थियो,’ प्रहरी सेवाबाट राजनीतिमा प्रवेश गर्दाको संक्रमण सुनाउँदै भने, ‘म भने परिस्थितिको दास बनेर राजनीतिमा आइपुगें ।’

 

 

 

 

 उनीसंग प्रतिस्पर्धामा छन् कांग्रेस नेता उदयशमशेर राणा, जो विगतमा यसै क्षेत्रका निर्वाचित सांसद हुन् । राणा राजनीतिमा र सिलवाल प्रहरी सेवामा रहँदा गहिरो दोस्ती थियो । तिनै चिरपरिचितहरू अहिले चुनावी मैदानमा एकअर्काको प्रतिद्वन्द्वी भएर खडा भएका छन् । सिलवालले भने, ‘यो बाटो चुनौतीपूर्ण छ तर यसलाई मैले ठूलो अवसरका रूपमा लिएको छु । सम्पूर्ण जीवन र राष्ट्रलाई बदल्ने ठाउँमा आइपुगेको छु ।’

 

 

 

राणा यसै क्षेत्रबाट निर्वाचित भएकाले विगतमा आफूले गरेको विकास योजना र राजनीतिक मुद्दा लिएर अघि बढेका छन् । उनी आफूले गरेका काम अगाडि सारेर जनतासंग मत माग्दै छन् । पटकौंपटकको प्रयासपछि मात्र सम्पर्कमा आएका राणासंग कुरा गर्न खोज्दा उनले ‘व्यस्त छु’ भन्दै टेलिफोन काटे ।

 

 

 

चुनावी अभियानमा उनको व्यस्तता यसले पनि देखाउँछ । विगतमा जितेका राणा यसपटक वाम गठबन्धनको संयुक्त उम्मेदवारका कारण चुनौतीपूर्ण अवस्थामा छन् । त्यसमा पनि आफ्नै चिरपरिचितसंग प्रतिस्पर्धामा छन् ।

 

 

सिलवालले कांग्रेसका उम्मेदवार राणासंगै आफ्नो प्रतिस्पर्धा हुने बताए । थपे, ‘प्रहरीमा छदा मैले न्याय पाउन नसके पनि राजनीतिमा जनताले मलाई न्याय गर्छन् भन्ने ठानेको छु ।’ कान्तिपुरबाट