पूर्वी नवलपरासीमा कार र ट्रक एक आपसमा ठोक्किँदा चालक सहित ५ जनाको मृत्यु

पूर्वी नवलपरासीमा कार र ट्रक एक आपसमा ठोक्किँदा चालक सहित ५ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको कावासोती -८ को खरकट्टा जंगलमा सोमबार राति ट्रक र कार ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । गएराति साढे १० बजे लु १ ख ८५३२ नम्बरको ट्रक र बा २१ च ६४०९ नम्बरको कार खरकट्टा जंगल क्षेत्रमा ठोक्किँदा कारमा सवार व्यक्तिहरुको मृत्यु जनाईएको छ ।

मृतक सबै पुरुष भएको र उनीहरुको सनाखत नभएको नवलपुर प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला सरकारी अस्पताल भरतपुर चितवनतर्फ पठाएको थियो। तर, उनीहरु सबैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद अधिकारीले बताए।

यस्तै नवलपरासीको मध्यविन्दु नगरपालिका-१०, स्थित जंगलमा राति पौने दुई बजेतिर यात्रु बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कम्तीमा १५ जना घाइते भएका छन् । दाङबाट काठमाडौं जाँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस आफैं अनियन्त्रित भएर पल्टिँदा मकवानपुर घर भएका बस चालक ३५ वर्षीय लक्ष्मण तिमिल्सिनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकाहरुको नवलपुर अस्पताल, कालिगण्डकी अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको पनि बताईएको छ ।