नवलपरासीको देवचुलीमा आज मतदान


नवलपुर- नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)को निर्वाचन क्षेत्र नम्बर १ मा पर्ने देवचुली नगरपालिकाका–४ मा मतदान जारी रहेको छ ।

आइतबार सो वडाको शान्ति सृजना आधारभूत विद्यालयको मतदान केन्द्रको मतदान स्थगित गरिएको थियो । नवलपुरका मुख्य निर्वाचन अधिकृत उमेशप्रसाद लुइँटेलले आज साँझ ५ बजेसम्म मतदान जारी हुने बताए ।

स्थगित मतदान स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदान सम्पन्न भएपछि आज साँझबाटै क्षेत्र नं १ को मतगणना गरिने उनले बताए। सो मतदान केन्द्रमा नौ सय ८० मतदाता रहेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement