गैर कानुनी रुपमा विदेश जानेहरुका कारण समस्या बढ्यो : मन्त्री साह

गैर कानुनी रुपमा विदेश जानेहरुका कारण समस्या बढ्यो : मन्त्री साह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु— महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साहले वैदेशिक रोजगारीमा गैर कानुनी तरिकाबाट जानेहरुमा नै धेरै समस्यामा आउने गरेको बताएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको वैदेशिक रोजगारीमा रहेका महिला कामदारको विद्यमान अवस्था छलफल सम्बन्धमा बोल्दै उनले वैदेशिक रोजगारमा जानेहरुमा आएको समस्यालाई कानुनी रुपमा मात्र नभइ सामाजिक उपचारका रुपमा पनि काम गर्नुपर्ने बताए ।

उनले मन्त्रालयको तर्फबाट धेरै उद्धारका कामहरु गरिसकेको र अझै त्यस्ता काममा ध्यान दिएको बताए । उनले सम्बन्धित विषयका सम्बन्धमा संसदमा विधेयकहरु पास हुन बाँकी रहेकाले चाँडै समस्याहरुको समाधान हुने औंल्याए ।