काठमाण्डु- पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका –४ माथिल्लो चारघरेमा पहिरो खस्दा एकै परिवारका ३ जना बेपत्ता भएका छन् । पहिरोमा परी एक जना घाईते भएको हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मीदेवी पाण्डेले जानकारी दिइन् ।
चारघरेका हस्तबहादुर पुलामीको घरमाथिबाट पहिरो खस्दा ५० वर्षीया धनमाया पुलामी र उनका दुई जना नातिनीहरू ७ वर्षीया भूमिसरा र ६ वर्षीया देउमाया बेपत्ता भएका छन् । पहिरोमा परेर घाइते हस्त बहादुरलाई उपचारका लागि सदरमुकाम कावासोती पठाइएको छ भने बेपत्ताको खोजी भइरहेको पाण्डेले बताइन् ।




प्रतिक्रिया