बाढीले सब स्टेशनमा क्षति पुगेपछि परासीमा विद्युत आपूर्ति बन्द

बाढीले सब स्टेशनमा क्षति पुगेपछि परासीमा विद्युत आपूर्ति बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पश्चिम नवलपरासीको सदरमुकाम परासीमा विद्युत आपूर्ति बन्द भएको छ । वर्षा र डुवानले विद्युत सबस्टेशनमा क्षति पुर्‍याउँदा आपुर्ति बन्द भएको छ ।

परासी सब स्टेशनको ब्रेकर लगायतका अन्य प्राविधिक उपकरणमा पानी जमेकोले तत्कालै विद्युत आपूर्ति गर्ने अवस्था नरहेको नेपाल विद्युत प्राधिकरण परासी वितरण केन्द्रका प्रमुख चुटुनकुमार श्रीवास्तवले बताए ।

विद्युत आपूर्तिका लागि अहिले गण्डक पावर हाउस शब स्टेशन, बर्दघाट शब स्टेशन र सुनवल बजार क्षेत्रको विद्युतबाट परासी वितरण केन्द्र अन्तर्गतका केही ग्राहकलाई विद्युत आपूर्ति गरिएको प्रमुख श्रीवास्तवले बताए ।

परासी वितरण केन्द्र अन्तर्गत हाल करिव ४४ हजार ग्राहक रहेका छन् । जसमध्ये अहिले तत्कालका लागि ३५ हजार ग्राहकलाई गण्डक पावर हाउस सब स्टेशन, बर्दघाट सब स्टेशन र सुनवल बजार क्षेत्रको विद्युत आपूर्तिबाट परासी वितरण केन्द्र अन्तर्गतका ग्राहकलाई विद्युत आपूर्ति गरिएको हो ।