यति समुहका मालिक शेर्पा पुर्पक्षका लागी जेल चलान

यति समुहका मालिक शेर्पा पुर्पक्षका लागी जेल चलान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – खैरो हेरोइनसहित पक्राउ यति समुहका मालिक नवाङ पासाङ शेर्पा पुर्पक्षका लागी जेल चलान भएका छन् । शेर्पासहित अन्य चार जनालाई जिल्ला अदालत काठमाडौंले बिहीबार पुर्पक्षका लागि जेल चलान गर्ने आदेश दिएको हो। शेर्पा यति समूहका तत्कालीन अध्यक्ष स्व. आङछिरिङ शेर्पाका कान्छा छोरा हुन्। उनि यसअघि नक्कली पाइलटको लाइसेन्स लिएको भन्दै सिआईबीको फन्दामा परेका थिए ।

शेर्पासहित चार जनालाई नेपाल प्रहरी गत माघ १८ गते प्रक्राउ गरेपनि घटनालाई गोप्य राखिएको थियो ।  काठमाडौं जिल्ला अदालतका श्रेष्तेदार आनन्दराज श्रेष्ठले नवाङसहित चारै जना जेल चलान भएको
जानकारी दिएका छन् ।