नवराज सिलवालविरुद्धको उजुरी खारेज, उम्मेदवारका लागि योग्य

नवराज सिलवालविरुद्धको उजुरी खारेज, उम्मेदवारका लागि योग्य

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– मुख्य निर्वाचन अधिकृतको कार्यालयले वाम गठबन्धन अन्तर्गत एमाले कोटाबाट ललितपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा मनोनयन दर्ता गराएका नवराज सिलवालविरुद्धको उजुरी खारेज गरिदिएको छ।

 

 

 

सिलवाल उम्मेदवारीका लागि योग्न नभएको दाबी गर्दै विकाससिंह तामाङले शुक्रबार दर्ता गराएको उजुरी शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले खारेज गरिदिएको हो।

 

 

 

सिलवाल भर्खरै एमाले पार्टी प्रवेश गरेका पूर्वडिआइजी हुन्। नेपाल प्रहरीबाट दिएको राजीनामा स्वीकृत नहुँदै सिलवालले उम्मेदवारी दिएको दाबीसहित तामाङले उजुरी दिएकोमा उनको मागदावी सही नभएको भन्दै उजुरी खारेज भएको हो।

 

 

तामाङले पनि निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभाबाट स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।