जिम गर्दागर्दै ढलेका समिकले कसरी पाए नयाँ जीवन ? (पढौँ सफल उपचारको कथा)

जिम गर्दागर्दै ढलेका समिकले कसरी पाए नयाँ जीवन ? (पढौँ सफल उपचारको कथा)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- ‘आजको डिजिटल एवं प्रविधिको युगमा पनि स्वास्थ्य उपचारबारे के चिन्ता भो र ? जताततै अस्पताल, जताततै डाक्टर’–यस्तो हुनसक्छ, हाम्रो सामान्य सोचाई । तर, स्वास्थ्य उपचारको विषयलाई कसैले पनि हल्का रुपमा लिनु हुँदैन । र, सबैभन्दा जान्नुपर्ने कुरा त उपचारका लागि कस्तो ठाउँ वा कुन् उपचारविधि रोज्ने भन्ने हो । लाखौँ खर्च गरेर पनि सफल उपचार भएन भने के गर्ने ?

घर वरपर अस्पतालै अस्पताल भएपनि ललितपुर महालक्ष्मीका समिक महर्जनले लामो समय आफ्नो व्यथा नै थाहा पाउन सकेनन् । झण्डैले नराम्ररी थलिका थिए, उनी । धन्न घुम्दै, ठक्कर खाँदै ‘सफल हेल्थहोम’ पुगे । र, व्यथा मुक्त भए । सफल उपचार भयो भनौँ, उनको । अहिले उनी पूर्ण रुपमा ‘फिट’छन् । तर, भरखरै युवा अवस्थामा प्रवेश गरेका समिकले के–के मात्रै भोगेनन् ?

एकपल्ट समिकको भोगाइ पढौं
समिक अहिले २४ वर्ष पुगे । कुरो २०७४ पुसतिरको हो, एक्कासी उनको ढाड दुःख्यो । त्यो बेला उनी त्यही २० वर्षका थिए होलान् । किशोरावस्थाबाट जवान् अवस्थामा टेक्न लागेको त्यो बेला के थाहा हुन्छ र ? सुत्न व्यालेन्स नमिलेर अथवा अरु केही डिसव्यालेन्स भएर ढाड दुख्यो होला, भन्ठाने । केही दिन उनले दुःखाइलाई वास्ता गरेनन् पनि । तर, लगातार गहिरोसँग दुख्न थालेपछि, अनि सुरु भयो– अस्पताल जाने, डाक्टर भेट्ने दौड । उनले झण्डै १०–१२ ठाउँ चाहारे । त्यति धेरै डाक्टर तथा विशेषज्ञ भेट्दा पनि व्यथा पत्ता लागेन उनको । कसैले मासु च्यातिएको भने कसैले के… । त्यसबखत उनले थुप्रै पैसा खर्चिए । विरामी भएपछि त्यत्रा अस्पताल धाउँदा खर्चको त हिसाब किताबै भएन ।

पछि ललितपुरको निदान अस्पतालका डाक्टरले एक पल्ट एमआरआई गरौँ भनेपछि व्यथा पत्ता लाग्यो । नियमित जिम गइरहेका उनको ढाडमा हर्नियटेड डिस्क भएको रहेछ । डाक्टरले ६ महिना आराम गर्नुपर्छ, ठीक हुन्छ भने । समिकले डाक्टरको सल्लाह माने । ६ महिना आराम गर्दा उनलाई केही राहत भयो तर, व्यथाबाट छुट्कारा पाउन सकेनन् । विस्तारै फेरि दुःखाई बढ्यो । असह्य हुनथालेपछि उनले दुःखाइको औषधिहरु सेवन गरे । केही सिप लागेन । र, कसरी–कसरी बालकुमारीमा रहेको सफल हेल्थहोम पुगे । त्यहाँ १ महिनामै उनको व्यथा चट् भयो । सफलमा सिकाइएको विधिले उनी आफैंले घरैमा पनि थेरापी गरे । र, फेरि जिम फर्किए ।

नियमित जिम गइरहेका उनी २०७७ को पुसतिर फेरि दुर्घटनामा परे अर्थात् जिम गर्दागर्दै ढले । उठ्नै सकेनन् । एम्बुलेन्समा घर लगियो । त्यसो भएको दुई दिनपछि उनलाई स्ट्रेचरमा हालेर फेरि सफल हेल्थहोम लगियो । स्ट्रेचरमा सफल लगिएका उनी २ दिनमै वैशाखीको सहाराले हिँड्न थालिहाले । सुरुका ५ दिन उनलाई निकै कठिन भए । तर, १० दिनमा आफैं हिडेर घर फर्किए । उनी भन्छन्, ‘हड्डी कड्याक्क गरेको म आफैंले आवाज सुनेको थिए । अब ठीक हुँदैन भन्ठानेको तर, सफल पुगेपछि २ दिनमै उठे ।’

त्यो बेला जिममा म त्यसरी ढल्दा मैले ठूल्ड्याडी र ठूल्मम्मीलाई जानकारी दिएको थिएँ । उनी अगाडि भन्छन्, ‘मेरो बुबा आमालाई यो कुरा थाहा थिएन । आमा बुबा बाहिर जानु भएको रहेछ । घर फर्किँदा घरबाहिर एम्बुलेन्स रोकिराखेको देखेर सुरुमा अचम्म पर्नु भयो । पछि एम्बुलेन्सबाट मलाई निकालेको देखेर आमा बुबा निकै रुनु भयो । पहिले पनि त्यत्रो १० तिर धाएर निको भएको छोरा फेरि थलियो भनेर निकैदिन दुःखी हुनुभयो । र, मेरो उपचारमा आमा, बुबा, दिदीबहिनी सबै उत्तिकै खट्नु भयो । सबैभन्दा ठूलो कुरा सफल पुगेको २ दिनमै मेरो मुहारमा कान्ति आयो ।’ आँत्तिएको परिवारमा खुशी छायो । सुरुका दिन मलाई सफलसम्म पुग्न साथी चाहिन्थ्यो । तर, केही दिनमा म आफैं आउने जाने गर्न थालिहाले । सफल हेल्थहोमको वातावरणले पनि मलाई चाँडै निको भयो, जस्तो लाग्छ, ‘समिकले भने, ‘खर्च पनि उति साह्रो भएन । आफ्नै घरमा उपचार गरे जस्तो लाग्यो । र, मैले नयाँ जीवन पाएँ ।’

समिकले यसबाट ठूलो अनुभव के गरे भने ? उपचार गर्नुपर्दा आँत्तिनुहुँदो रहेनछ । र, धेरैतिर चहार्नु भन्दा पनि आफ्नो समस्याबारे सोधीबुझि गरेर मात्रै उपयुक्त ठाउँमा उपचारका लागि जानु पर्ने रहेछ । नभए एकातिर परिवारलाई दुःख अर्कोतिर आर्थिक नोक्सान । उपचारको मेसो नपाउँदा पारिवारिक, भौतिक तथा मनोवैज्ञानिक पीडा त हुन्छ नै साथमा कयौँ मेहिनतले कमाएको पैसा नोक्सान हुन्छ । उनी भन्छन्, ‘आर्थिक नोक्सान भएर । सफल उपचार भए त ठीकै हो । त्यसो भएन भने सिंगो परिवारको अवस्था चौपट हुन्छ ।’ त्यसैले समयमै उपचार गर्ने ठाउँ र उपचार पद्दतीबारे जान्नु, बुझ्नु आवश्यक छ ।