नयाँपत्रिका दैनिकका कार्यकारी निर्देशक थापाविरुद्ध १८ करोड ३३ लाख करछलीको मुद्दा


काठमाडौं – नयाँपत्रिका दैनिकका कार्यकारी निर्देशक सुशील थापाविरुद्ध करछलीको मुद्दा दर्ता भएको छ ।

राजस्व अनुसन्धान विभागले थापा नेतृत्वको जिमी ग्रुपविरूद्ध १८ करोड ३३ लाख २२ हजार सात सय ९६ रूपैयाँ  कर छली गरेको अभियोगमा मुद्दा दर्ता गरेको हो ।

थापा अध्यक्ष रहेको जिमी ग्रुपले झुटा र नक्कली भ्याट बिलको प्रयोग गरेर कर छलेको विभागको दाबी छ । जिमी ग्रुपको स्थायी लेखा नंम्बर ६०३५७१०४८ ले कर छली गरेको विभागको विज्ञप्तीमा उल्लेख छ ।

थापाको जिमी ग्रुपले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित ऐनको दफा ४ को (क), (ख) र (छ) तथा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन २०७६) ऐन २०५२ को दफा ४ को (क), (च) र (झ) को कसूर गरी जिमी ग्रुप प्रालिको (स्थायी लेखा नम्बर ६०३५७१०४८० ले मुअ कर तर्फ पाँच करोड ९७ लाख ९९ हजार ८ सय २५, आयकर तर्फ १० करोड ७९ लाख १९ हजार १सय १५ र लाभांस कर तर्फ १ करोड ५६ लाख तीन हजार ८ सय ५६ राजस्व चुहावट गरेको विभागले ठहर गरेको छ ।

विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ)१ बमोजिम जम्मा विगो १८ करोड तेत्तीस लाख बाइस हजार सात सय छयानब्बे रुपैयाँ कायम गरी जिमी ग्रुप प्रालिको स्थायी लेखा नंम्बर ६०३५७१०४८० लाई उल्लिखित कसुर अपराधमा राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा २३ को उपदफा (१) र (३) तथा सोही ऐन (पहिलो संशोधन (२०७६० को दफा २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम विगो रकम असुल उपर गरी विगोको दोब्बर जरिवाना र कैद सजाय गर्न माग गर्दै पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement