आर्थिक समृद्धि र विकासका लागि नयाँ शक्ति पाटीको उदय : प्रवक्ता खतिवडा

आर्थिक समृद्धि र विकासका लागि नयाँ शक्ति पाटीको उदय : प्रवक्ता खतिवडा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- नयाँ शक्ति पाटीका प्रवक्ता डम्बर खतिवडाले देशलाई आर्थिक समृद्धि र विकासका लागि नयाँ शक्ति पार्टीको उदय भएको बताएका छन् ।

नयाँ शक्ति पार्टीको छाता संगठन अन्तरास्ट्रिय नेपाली समाज भारतको प्रथम राष्ट्रिय भेलामा खतिवडाले ‘पुराना पार्टीका राम्रा काम नयाँ शक्ति पार्टीले पुरा गर्न सक्ने तर नयाँ शक्ति पार्टीका राम्रा काम पुराना पार्टीहरूले कहिल्यै पनि पुरा गर्न नसक्ने दावी गरेका हुन् ।’ नयाँ शक्ति पार्टीको उदेश्य विकसित डिमोक्रेसी स्थापना गरि विकृत्तिहरु हटाइ न्यापालिका, कार्यपालिका र ब्यवस्थापिका लाई प्रक्रियागत बनाउदै संघीय गणतन्त्रलाई बलियो बनाउने बताए ।

स्कुलिङ विभाग प्रमुख समेत रहेका खतिवडाले कम्प्युटर भन्दा पहिला क्याल्कुलेटको आविष्कार भएको तर कम्प्युटरले क्याल्कुलेटको काम गर्न सक्छ तर क्याल्कुलेटले कम्प्युटरको काम कहिलै पनि गर्न नसक्ने उदाहरण समेत प्रस्तुत गरे ।

प्रवासी प्रादेशिक इन्चार्ज देवेन्द्र पराजुलीले वैकल्पिक पार्टी बन्न र बनाउन पुराना चिन्तन् र पुराना विचार नत्यागेर सम्भवतः नभएको बताए । प्रदेश नं ७ का इन्चार्ज पुर्व सभासद कृष्ण कुमार चौंधरीले पनि उत्पीडित वर्ग उत्पीडित समुदायको हकअधिकारको लागि पनि देशमा वैकल्पिक पार्टीको आवस्यकता भएको बताए ।

साथै भेलाले प्रकाश नेपालीको नेतृत्वमा ८१ सदस्य सामुदायिक नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा कृष्ण खड्का र तुलसी कुमारी बि. क र प्रेम घताने माहासचिवमा लोकेन्द्र सेर्पाली र सचिव बिरेन्द्र सिंह ठकुरी कोषध्यक्षमा जिबन ज्योति स्रिमललाई पुन चयन गरेको छ भने प्रवक्तामा राजेश रावललाइ चयन गरेको छ ।