अबको एक हप्तामा नयाँ सरकार, बन्दैछ ‘स्मार्ट क्याबिनेट’

अबको एक हप्तामा नयाँ सरकार, बन्दैछ ‘स्मार्ट क्याबिनेट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – फागुन २१ को निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नयाँ सरकार गठनको तयारीमा छ ।

निर्वाचनमा रास्वपा एक्लैले प्रत्यक्षमा १२५ सिट र समानुपातिकतिर ५७ सिट प्राप्त गरेर सबैभन्दा ठुलो दलको रूपमा उदाएको हो ।

सरकार कहिलेसम्म बनि सक्ने अहिले निश्चित भइसकको छैन तर रास्वपाका वरिष्ठ नेता बालेन शाह नै प्रधानमन्त्री हुने भने पक्का छ ।

सरकार गठनको पूर्वसन्ध्यामा रास्वपाले आफ्ना नवनिर्वाचित सांसद्हरू मंगलबार र बुधबार संसदलीय अभ्याससम्बन्धि दुईदिने अभिमुखीकरण पनि दिएको छ ।

यससँगै रास्वपाले सरकारको नेतृत्वका लागि आन्तरिक रणनीति पनि समानान्तर रूपमा अघि बढाएको छ ।

सरकार गठनका विषयमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह, उपसभापति स्वर्णिम वाग्ले र डीपी अर्याल आन्तरिक परामर्शमा पनि जुटेका छन् ।

रास्वपाका एक नेताका अनुसार स्मार्ट मन्त्रिपरिषद् बनाउने विषयमा शीर्ष नेताहरू छलफलमा छन् ।

उनीहरू सम्भावित मन्त्रिपरिषद्को आकार, सम्भावित मन्त्रीहरूको छनोटका मापदण्ड, सरकारको प्रारम्भिक कार्यसूची, नीति तथा कार्यक्रम आदिबारे छलफलमा छन् ।

यसका साथै पार्टीको संसदीय दलको नेता चयन र पार्टी विधान संशोधनको प्रक्रियामा पनि गृहकार्य सुरु भएको छ ।

सरकार गठन, सरकारका भावी कार्यक्रम, संसदीय दलका नेता चयनय आदिका विषयमा सभापति र वरिष्ठ नेताबीच सघन छलफल भइरहेको सह प्रवक्ता प्रतिभा रावलले बताइन् ।

छलफल सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी काम गर्न सक्ने व्यक्तिलाई मन्त्रिपरिषद्मा समावेश गर्नेमा केन्द्रित छ । साथै, सरकार बनेलगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सक्रियता बढाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको छ ।

नयाँ सरकार कहिले ?

सङ्घीय संसद् सचिवालयले नवनिर्वाचित सदस्यको शपथग्रहण गराएपछि मात्र नयाँ सरकार गठन हुनेछ ।

निर्वाचन आयोगले निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि सूचना प्रकाशित गरी शपथग्रहणको मिति तोक्ने सचिवालयको तयारी छ ।

प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यले शपथग्रहण गर्नुअघि नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यले शपथग्रहण गर्नुपर्ने छ । ज्येष्ठ
राष्ट्रपतिले ज्येष्ठ सदस्यलाई शपथ गराएपछि प्रतिनिधि सभा बैठकको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले सभाका नवनिर्वाचित सदस्यलाई शपथग्रहण गराउने छन् । शपथग्रहण अघि राष्ट्रपतिबाट संविधान अनुसार सङ्घीय संसद्को अधिवेशन आह्वान हुनेछ । संसद् अधिवेशन बोलाइएपछि सांसदको शपथग्रहणसँगै सरकार गठनका अन्य प्रक्रिया अगाडि बढ्नेछन् ।

संविधानको धारा ७६ (१) बमोजिम अबको प्रधानमन्त्री नियुक्त हुनेछन् । यो धारा अनुसार राष्ट्रपतिले प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजको अध्यक्षतामा मन्त्रीपरिषद्को गठन हुने व्यवस्था रहेको छ ।
सोही आधारमा सबैभन्दा ठुलो दल बनेको रास्वपाको नेतृत्वमा सरकार गठन हुनेछ ।

संवैधानिक व्यवस्था अनुसार प्रतिनिधिसभाको अन्तिम परिणाम घोषणा भएको ३५ दिनभित्र नयाँ प्रधानमन्त्री नियुक्त गरिसक्नुपर्छ । त्यसअनुसार चैत १० देखि १२ गतेसम्म देशले नयाँ प्रधानमन्त्री पाउने सम्भावना छ ।

अर्थमन्त्री रामेश्वर खनालका अनुसार आउँदो हप्ता नयाँ सरकार बन्ने छ । ‘निर्वाचन आयोगले विहीबार सामानुपातिक सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि संविधानअनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्नेछ’, मन्त्री खनालले भने ।

बालेनले रक्षा आफैंसँग राख्ने, परराष्ट्रमा खनाल र वाग्ले अर्थमन्त्री बन्दै