लोकेन्द्र शेर्पाली
भारत – १३० औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अन्तर्राष्ट्रिय नेपाली समाज भारत माहाराष्ट्र राज्यको प्रथम भेला सम्पन्न भएको छ । संगठनका अध्यक्ष तिलक बिकको अध्यक्षता र नयाँ शक्ति पार्टी केन्द्रीय सचिवालय सदस्य कर्णली प्रदेश इन्चार्ज सरुन बाँठा मगरको प्रमुख अतिथि अर्का विषेश अतिथि स्वपार्टीकै केन्द्रीय कार्यकारी सदस्य हिक्मत सेर्पाली , अन्तर्राष्ट्रिय नेपाली समाज भारतका अध्यक्ष प्रकाश नेपाली उपाध्यक्ष तुल्सी बि।क स्वसंगठनका महासचिव लोकेन्द्र सेर्पालीको विशेष उपस्थितिमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नयाँ शक्ति पार्टीका केन्द्रीय सचिवालय सदस्य सरुन बाँडा मगरले देशमा दुई तिहाइभन्दा बडी समर्थनमा बनेको वर्तमानमा कम्युनिस्ट सरकारले चरम भ्रष्टाचार आरोप लगाए । देशमा अब कम्युनिस्ट र कंग्रेसले देशको विकास र समृद्धि गर्न नसक्ने जनाउदै देश विकास र समृद्धि लागि नयाँ शक्ति पार्टीले मात्रै नेतृत्व गर्नसक्ने बताए ।साथै वाहाले केहि दिन भित्रै संघीय समाजवादी पार्टी र नयाँ शक्ति पार्टीको पार्टी एकता हुने र त्यसको लागि गम्भीर गृहकार्य भैरहेको बताए ।
अर्का विषेश अतिथि नयाँ शक्ति पार्टी नेपाल केन्द्रीय कार्यकारी सदस्य हिक्मत बि। कले पनि प्रवासका लाखौं जनताको साथ र समर्थनमा मात्रै देशमा नयाँ शक्ति पार्टी मजबुत हुनसक्ने त्यसको लागि पार्टीले समानुपातिक सहभागीतामुलक र समावेशी नीति ल्याएको बताए ।
अन्तर्राष्ट्रिय नेपाली समाज भारतका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले देशमा राजनीति परिवर्तनको लागि प्रवासी नेपालीहरुको महत्त्वपूर्ण भुमिका रहिआएको बताए । स्वसंगठनका महासचिव लोकेन्द्र सेर्पालीले स्वसंगठका विषयमा समसामयिक विषयवस्तु प्रस्तुति गरेका थिए ।




प्रतिक्रिया