काठमाडौं – नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकमाथि कारबाही गरेको छ । कृषि क्षेत्रमा तोकिएको लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले एनएमबी बैंकलाई ४ करोड रुपैयाँ जरिवाना गरेको हो ।
राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कुल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने व्यवस्था गरेको छ । जसमध्ये १० प्रतिशत कर्जा लगानी कृषि क्षेत्रमा नै हुनुपर्छ । तर गत आर्थिक वर्ष २०७५/७६ मा एनबी बैंकले ९ प्रतिशत पनि पुर्याउन नसकेको राष्ट्र बैंकले बताएको छ ।
एनबी बैंकले गत आर्थिक वर्षमा कृषिमा मात्रै थोरै रकम नपुगेको जानकारी दिएको छ । कृषिमा तोकिएको लगानी पुग्ने भएकाले बैंकले यो वर्ष भने जरिवाना तिर्नु नपर्ने भएको छ ।




प्रतिक्रिया