काठमाण्डु– माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन कांग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार माओवादी अध्यक्ष प्रचण्ड र नेता नेपालबीच आईतबार भएको छलफलपछि देउवालाई अविश्वासको प्रस्ताव ल्याउन तयार भए बहुमत जुटाइदिने प्रस्ताव गरेका छन् । तर, प्रचण्ड र नेपालको प्रस्तावमा देउवा भने ढुक्क नभएको उनि निकट स्रोतको दावी छ ।
माओवादी केन्द्रले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन जारी राखेको छ । सोमबार माओवादीले समर्थन लिने सम्भावना छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेससहित जसपाको समर्थन लिएर ओलीविरुद्ध अविश्वासको प्रस्ताव गर्ने तयारीमा भएपनि सभापति देउवाले भने उक्त प्रस्तावलाई ठाडै अस्विकार गरेका छन् ।
एमाले नेता नेपालले आफु निकट नेतामार्फत कांग्रेस सभापति देउवालाई आफु निकट २० जना सांसदहरुले फ्लोर क्रस गर्ने सुची उनलाई बुझाएको स्रोतको दावी छ । तर, देउवाले नेपाल र प्रचण्डलाई आफुलाई त्यतिले मात्र नपुग्ने जसपाका ३२ जना सांसदहरुको हस्ताक्षर नै गरेर ल्याउने भए आफु अविश्वासको प्रस्ताव ल्याउन तयार रहेको जवाफ पठाएको स्रोतको दावी छ । यता प्रधानमन्त्री ओलीले सोमबार नै नेपाल निकट केही सांसदहरुलाई निलम्बन गर्ने सम्भावना छ ।
प्रधानमन्त्री ओली,कांग्रेस सभापति देउवा र जसपा अध्यक्ष महन्थ ठाकुरको अर्लि इलेक्सनमा जाने बारेमा गहन छलफल चलिरहेको छ । जसपा र सरकारबीच केही दिनमा नै सम्झौता गर्ने गरी काम भइरहेको छ । मुद्दाको सम्बोधन भएसंगै जसपा सरकारमा जाने तयारीमा छ । तर, जसपाभित्र नेताहरु उपेन्द्र यादव र डा. बाबुराम भट्टराई ओलीको विकल्पमा नयां सत्ता समीकरण बनाएर जानुपर्ने पक्षमा छन्। तर ठाकुर र राजेन्द्र महतो भने प्रधानमन्त्री ओलीसंगै सम्झौता गर्ने पक्षमा छन् ।
यो पनि पढ्नुहोस-




प्रतिक्रिया