कांग्रेसको महाधिवेशन माघमा सार्ने तयारी

कांग्रेसको महाधिवेशन माघमा सार्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशन सर्ने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९ देखी १३ मा गर्ने निर्णय भएपनि तल्ला तहका अधिवेशन सम्पन्न हुन नसकेपछि महाधिवेशन सर्ने निश्चित भएको हो ।

यसअघि कांग्रेसको साउन ३० बसेको केन्द्रीय समितिको बैठकले मंसिरमा महाधिवेशन गर्ने कार्यतालिमका बनाएको थियो ।

कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट स्रोतले दिएको जानकारीअनुसार महाधिवेशन माघको दोस्रो साता सार्ने तयारी छ । त्यसका लागी कांग्रेसको पदाधिकारीको बैठक बस्न लागेको छ । छठ पर्वलगत्तै रोकिएका अधिवेशनहरु अगाडि बढाउने कांग्रेसको तयारी छ ।

पदाधिकारी बैठकलगत्तै केन्द्रीय कार्य समिति बैठक बस्ने र नयां कार्यतालिका सार्वजनिक गर्ने गरी तयारी भइरहेको स्रोतले जानकारी दियो ।

क्रियाशील सदस्यता वितरणमा कांग्रेसमा विवाद भएपछि सिरहा,कैलाली,डोल्पालगायतका १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन । प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा समेत पालिका अधिवेशन प्रशासनको बलमा गराइएको भन्दै विवाद छ ।