काठमाण्डु– नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिरमा हुने भएको छ । कांग्रेसको महाधिवेशन यसअघि भदौ १६ देखि १९ सम्म हुने तय भएको थियो । तर, नेपाली कांग्रेस केन्द्रीय समितिको शनिबार सम्पन्न बैठकले महाधिवेशन मंसिर ९ गतेदेखि १३ सम्म गर्ने निर्णय गरेको हो ।
महाधिवेशन सार्ने सर्वसम्मत निर्णय गरेको कांगे्रसले वडादेखि केन्द्रसम्मकै महाधिवेशन तालिकामा समेत हेरफेर गरेको हो ।
कांग्रेसले क्रियाशील सदस्यहरुको अन्तिम नामावली भदौ २ गतेभित्र बुझाउनुपर्ने निर्णय गरेको छ । स्थानीयतहका अधिवेशन भने भदौ २७ गते आयोजना गर्ने निर्णय कांग्रेसले गरेको छ ।
त्यस्तै कांग्रेसका प्रदेशसभा क्षेत्रका क्षेत्रीय अधिवेशन असोज १ गते, संघीय निर्वाचन क्षेत्रीय अधिवेशन असोज ५ गते र जिल्ला अधिवेशनहरु असोज १० गते आयोजना हुने भएका छन् ।
कांग्रेस केन्द्रीय सदस्य प्रदिप पौडेलकाअनुसार बैठकले प्रदेश अधिवेशन कात्तिक १० र १२ गते आयोजना गर्ने निर्णय गरेको छ ।




प्रतिक्रिया