सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय


काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध प्रर्दशन गर्ने घोषणा गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले सरकारको विरुद्धमा मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारको कार्यशैलीविरुद्ध देशव्यापी प्रर्दशन गर्ने निर्णय भएको जानकारी दिए । बैठकले संसद अधिवेशन बोलाउन माग समेत गरेको छ ।

नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि तनहुमा भएको दुव्र्यवहार, कोरोना नियन्त्रणमा सरकारको असफलता र कोरोनाको नियन्त्रण गर्ने नाममा भएको भ्रष्टाचारको विरोधमा प्रर्दशन गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ । केन्द्रिय नेताहरुले अगुवाई गर्ने गरी कांग्रेसले ७७ वटै जिल्लामो विरोध प्रर्दशन गर्ने महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement