काठमाण्डु – नेपाली कांग्रेस महामन्त्री डा. शंशाक कोइरालाको नाम शेरबहादुर देउवा पक्षले आफ्नो प्यानलमा राखेको छ । सभापतिका उम्मेदवार देउवा पक्षले आफ्नो प्यानल सार्वजनिक गर्दै कोइरालालाई आफ्नो टिममा राखेको हो ।
कोइरालालाई शेखर कोइरालाले समेत आफ्नो प्यानलमा राखेका छन् । उनले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । कोइरालाले आइतबार राति प्रधानमन्त्री समेत रहेका देउवालाई बालुवाटारमा पुगेर भेटवार्ता गरेका थिए ।





प्रतिक्रिया