एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

एनसेल ‘लीग अफ क्रिएटर्स’ : अमनले जिते १० लाखको ब्रान्ड डिल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलले अपट्रेन्डलीसँगको सहकार्यमा आयोजना गरेको ‘लीग अफ क्रिएटर्स’ प्रतियोगितामा ललितपुरका अमन महर्जनले १० लाख रुपैयाँ बराबरको १ वर्षको ब्रान्ड डिल जित्ने सफल भएका छन् ।

उनले प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै पुरस्कार स्वरूप डिल हात पारेका हुन् ।

आफूलाई म्याडम्वाजेल क्रिएटरका नामले चिनाउने काठमाण्डुकी प्रभा श्रेष्ठले प्रतियोगितामा दोस्रो स्थान हासिल गर्दै ५ लाख रुपैयाँको ब्रान्ड डिल जितिन् भने बागलुङका मनिष रुचेलले तेस्रो बन्दै २ लाख ५० हजारको ब्रान्ड डिल पुरस्कार जितेका छन् । बुटवलका प्रशान्त पाण्डेले चौथो स्थान हासिल गरी अपट्रेन्डली पीकका रूपमा १ लाख रुपैयाँको ब्रान्ड डिल जितेका थिए ।

गत शुक्रबार काठमाण्डुमा आयोजित ग्रान्ड फिनाले कार्यक्रममाझ विजयी क्रिएटरहरूलाई पुरस्कार प्रदान गरिएको छ । देशैभरका डिजिटल स्टोरीटेलर्सलाई सशक्त बनाउने उद्देश्यसहित एनसेलले प्रतियोगिता आयोजना गरेको छ ।

‘देशमा विभिन्न भागमा फैलिएर रहेका भावी प्रतिभाशाली डिजिटल कन्टेन्ट क्रिएटरहरूको पहिचान र सशक्तीकरण गर्ने लक्ष्यका साथ आयोजना गरिएको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भयो । एनसेलसँगको ब्रान्ड डिलले पुरस्कृतहरूलाई कन्टेन्ट क्रिएसनमा अझै निखारिएर अगाडि बढ्न ठूलो प्रेरणा मिल्नेछ भन्ने कुरामा म पूर्णरूपमा विश्वस्त छु,’ एनसेलका चिफ कमर्शीयल अफिसर उमेर मोहसिनले भने, ‘प्रतियोगितालाई अर्थपूर्ण र प्रभावकारी बनाउन योगदान पुर्‍याउनुहुने सबै मेन्टरहरूप्रति हामी हार्दिक आभारी छौं ।’

प्रतियोगितामा सहभागी हुन प्राप्त भएका भिडियोहरू मध्येबाट उत्कृष्ट ५० जना क्रिएटरहरूलाई ५ जना मेन्टरहरू सञ्जोग कोइराला, प्रतिमा अधिकारी, मिस्टर फूडी नेपाल, पराक्रम राणा र एकता तण्डुकारले छानेका थिए । उनीहरूलाई १०/१० जनाको समूहमा ५ जना मेन्टरहरूमार्फत विशेष प्रशिक्षण र मेन्टरशिप प्रदान गरिएको थियो । सहभागीहरूले सामग्री योजना, सिर्जना प्रक्रिया, सन्देश प्रवाह, ब्रान्डसमक्ष आफू प्रस्तुत गर्ने रणनीति लगायतका बारेमा प्रशिक्षण पाएका थिए ।

प्रथम पुरस्कार विजेता महर्जनप्रतिमा अधिकारीको टीमका थिए भने दोस्रो विजयी श्रेष्ठ संजोग कोइराला टीमका थिए । तेस्रो विजेता रुचेल र चौथो विजेता पाण्डे मिस्टर फूडी नेपाल टीमका थिए । उत्कृष्ट ५० जनामा पर्न सफल भएका क्रिएटरहरू मध्येबाट निर्णायक मण्डलले फिनालेमा उत्कृष्ट ४ क्रिएटरहरू छानेका हुन् ।

निर्णायक मन्डलमा नेपालका लागि अमेरिकी राजदूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्कर, चलचित्र निर्देशक सिमोस सुनुवार, एनसेलकी मार्केटिङ, कम्युनिकेसन एन्ड सस्टेनेबिलिटी डाइरेक्टर पुनम सिंह र अपट्रेन्डलीका प्रमुख कार्यकारी अधिकृत मोनायक कार्की रहेका थिए ।