एनसेलको ‘बिज सधैं अन’मा मनसुन बिजनेश अफर, आकर्षक छुटहरू

एनसेलको ‘बिज सधैं अन’मा मनसुन बिजनेश अफर, आकर्षक छुटहरू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली व्यवसाय जगतलाई सशक्त बनाउने प्रतिबद्धता बमोजिम एनसेलले पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बिज सधैं अन’मा मनसुन बिजनेश अफर ल्याएको छ ।

अफरमा ग्राहकहरूले कम खर्चमा पूरै १ वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिने लगायतका सुविधाहरू रहेका छन् ।

ग्राहकहरूले बिज सधैं अन ३९९ प्लान वा बिज सधैं अन ६४९ प्लानको १० महिनाको लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने अफरको विषेशता हो । यसको अर्थ थप २ महिनाको सेवा नि:शुल्क लिएर १ वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित रहेको छ ।

बिज सधैं अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टकटाइम र ४०० एसएमएसप्रति महिना पाउँछन् । बिज सधैं अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

मनसुन अफरमा ग्राहकहरूले बन्डल/कम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना ३ वटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एक पटकका लागि ६ महिनाको लागि सेवा नि:शुल्क पाउँछ । ५ वटा नम्बरका लागि १ वर्षको सेवा लिँदा २ वटा नम्बरले ६ महिनाका लागि सेवा नि:शुल्क पाउँछ ।

‘उपभोक्ताहरूलाई ‘सधैं अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धता बमोजिम बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकहरूलाई वर्षभर निर्धक्क रूपमा सेवा उपलब्ध गराउन अफर ल्याएका छौं । साना, ठूला सबै व्यवसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौं,’ एनसेलका चिफ बिजनेश अफिसर डिओन एसेन्सिओले भने ।

एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ, जसमा ग्राहकहरूले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।

बिज सधैं अन ३९९ प्लान र बिज सधैं अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरूले बिज सधैं अन प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले शेयर बजारमा भएको नाफा, नोक्सान ट्रयाक गर्दछ ।