एनसेलएपको नयाँ संस्करण सार्वजनिक, यस्ता छन् ग्राहकका लागि आकर्षक सुविधा


काठमाण्डु – सबै एनसेल ग्राहकले अब सजिलै एनसेल एपबाटै विभिन्न ग्राहक सेवा लिनुका साथै आफ्नो आवश्यकताअनुसार सेवाहरु सुचारु गर्न सक्ने भएका छन् । एनसेल आजियाटा लिमिटेडले सोमबार (फाल्गुन १०) विविधथप सुविधा सहित एनसेल एपको नयाँ संस्करण संचालनमा ल्याएको हो ।

नयाँ संस्करण संचालनमा ल्याएको उपलक्ष्यमा एनसेलले यो एप डाउनलोड गर्ने प्रत्येक नयाँ ग्राहकलाई १ जीबी डेटा निःशुल्क प्रदान गर्ने भएको छ । यो नयाँ संस्करण एनसेलले आफ्नो अभियान ‘फास्ट फरवार्ड लाइफ’ अन्तर्गत ल्याएको हो । यो अभियानले भविष्यको पुनःकल्पना गर्दै डिजिटल पावरका साथ छिटो अगाडी बढ्न अभिप्रेरित गर्दछ ।

योसंस्करण प्रयोग गर्ने एप प्रयोगकर्ताले अब सजिलै आफ्नो मोबाइलबाटै अनलाइन रिचार्ज, आफूलाई मनपर्ने भ्वाइस र डेटा प्याकहरु तत्कालै सुचारु लगायत विभिन्न कार्यहरु गर्न सक्छन् । एप डाउनलोड भएपछि ग्राहकले आफूलाई सुहाँउदो सेवा, सुविधाहरुको सुझाव एपको मुख्य स्क्रिनमा नै पाउन सक्छन् । ग्राहकले एपको मुख्यस्क्रिनको तल्लो भागमा रहेको सप आइकनमा क्लिक गरी आफ्नो आवश्यकताअनुसारको डेटा र भ्वाइस प्याकहरु लिन सक्छन् ।

त्यसैगरी यस संस्करणमा एपमार्फत ग्राहकले गुनासो दर्ता, मासिक बिल र सेवाखपतको ट्रयाकिङ् लगायतका कार्यहरु गर्न सक्छन् । यसमा सहज रुपमा सेवाखरिद गर्ने वापहिले नै लिएको सेवाबन्द गर्न सकिने सुविधापनि रहेको छ ।

यस नयाँ संस्करणबाट ग्राहकले एनसेलको सेवा, सुविधाहरु एउटै प्लेटफर्मबाट आफै स्वतःस्फुर्त रुपमाप्रयोग गर्न सक्छन् । एपमाग्राहकले आफुलाई चाहिएको प्याक सजिलै फिल्टर गरी छान्न सक्ने सुविधापनि रहेको छ र बिना यूएसएसडी कोडको प्रयोग गरी सेवाहरु सुचारु गर्न सक्छन् ।

उत्कृष्ट ग्राहक सेवाप्रदान गर्न एनसेल सदैव तत्पर रहेको छ र यसै अनुरुपग्राहकअनुभवलाई थप गुणस्तरीय बनाउननविनतम सेवाहरु ल्याउने गरेको छ । निकै सराहाना गरिएकोे एनसेलएपमाथप गरिएको सुविधाहरुले एपमार्फत लिइने सेवालाई थप परिस्कृत तथा सहजबनाउन मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ । विशेष गरीग्राहकजहाँभएपनि छिटो छरितो ग्राहकसेवाको लागि यो एपनिकै सहयोगीहुने विश्वास लिइएको छ ।

ग्राहकअनुभवलाई थप गुणस्तरीय बनाउनएनसेल सदा प्रतिवद्घ रहेको छ । यसै प्रतिवद्धता अन्तर्गत एनसेलले गतमहिनामात्र च्याटबोट सेवा ‘माया’ल्याएको थियो । एनसेलएपमायो च्याटबोट सेवापनि समावेश रहेको छ ।

एनसेलका ग्राहकले गुगलप्ले स्टोर र एप्पलएप स्टोरमा गई नयाँ संस्करणको एनसेल एपआफ्नो मोबाइलमा डाउनलोड गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement