काठमाण्डु – एनसेलले फुडमान्डुसँग साझेदारी गर्दै नयाँ आकर्षक अफर सुरु गरेको छ ।
नयाँ अफरले ग्राहकलाई दूरसञ्चार सेवाका साथै फुडमाण्डु अर्डरमा छुट सुविधा प्रदान गर्नेछ । अफरमा एनसेलका ग्राहकहरूले फुडमान्डुमा गर्ने खानाका परिकारको अर्डरमा १५० रुपैयाँको छुट पाउँछन् ।
फागुन ५ गतेदेखि सञ्चालनमा आएको अफरमा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्य रहेका अफरमा समावेश कुनै पनि एनसेल प्याकको खरिदमा ग्राहकहरूले १५० रुपैयाँ छुटको कुपन प्राप्त गर्दछन् । कुपन फुडमान्डुमा १ हजार रुपैयाँ वा सोभन्दा बढी मूल्यका विभिन्न परिकारका अर्डरमा प्रयोग गर्न सकिन्छ ।
एनसेल डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकहरूले छुट कुपन पाउँछन् । ग्राहकहरूले यी प्याकहरू एनसेल एपमार्फत वा नजिकैको एनसेल पसलबाट खरिद गर्न सक्छन् ।
ग्राहकले प्याक लिएपछि छुट कुपन एसएमएसमार्फत प्राप्त गर्दछन् । यदि ग्राहकले १ भन्दा बढी अफरमा समावेश प्याक खरिद गरेमा उनीहरूले त्यहीँअनुसार १ भन्दा बढी १५० रुपैयाँ छुटका कुपनहरू प्राप्त गर्दछन् र यसरी प्राप्त कुपन फुडमान्डुको मोबाइल एप वा आधिकारिक वेबसाइटमार्फत खाना अर्डर गर्दा प्रयोग गर्न सकिन्छ ।
कुपन जारी मितिदेखि २८ दिनसम्म मान्य रहन्छ र अरु कसैलाई दिन पाइँदैन, जसले ग्राहक स्वयंले सुविधा लिन सक्ने सुनिश्चित गर्दछ । यो अफर एनसेलको रिन्यूवल प्याक, सापाटी प्याक, र गिफ्ट प्याक खरिदमा लागू हुँदैन ।
‘हामी एनसेलमा कनेक्टिभिटीभन्दा पर गएर ग्राहकहरूको जीवनशैलीमा कसरी अर्थपूर्ण प्रभाव पार्न सक्छौ भनेर सधैं काम गरिरहेका हुन्छौं । फुडमान्डुसँगको साझेदारी नेपालको दूरसञ्चार क्षेत्रमा भएको यस प्रकारको पहिलो सहकार्य हो, जसले हाम्रा ग्राहकहरूलाई सहजै दूरसञ्चार सेवामार्फत सम्पर्कमा रहँदै अतिरिक्त बचतसहित आफ्नो मनपर्ने परिकारहरूको आनन्द लिन अवसर प्रदान गर्छ,’ एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले भने ।
साझेदारीले एनसेलले डिजिटल सेवाहरूलाई दैनिक जीवनशैलीसँग जोड्दै कसरी ग्राहक सुविधाका लागि काम गर्दैछ भन्ने परिभाषित गरेको छ । फुडमान्डुले हाल काठमाण्डु उपत्यका, पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ, जसले नेपालको प्रमुख शहरका ग्राहकहरूका लागि सहकार्यलाई झन् आकर्षक बनाएको छ ।




प्रतिक्रिया