एनसेलले दैनिक १०० एमबी नि:शुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

एनसेलले दैनिक १०० एमबी नि:शुल्क डेटा दिँदै, हरेक हप्ता ५० जीबीसम्म जित्ने सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एनसेलले ग्राहकका लागि एनसेल एपमार्फत दैनिक १०० एमबी नि:शुल्क डेटा पाइने अफर सञ्चालनमा ल्याएको छ ।

यससँगै ग्राहकले हरेक हप्ता आकर्षक डेटा भोल्युम पुरस्कार स्वरूप जित्न सक्छन् । ग्राहक अनुभव अभिवृद्धि र डिजिटल प्रयोगलाई प्रोत्साहन गर्ने आफ्नो प्रतिबद्धता बमोजिम कम्पनीले अफर सञ्चालनमा ल्याएको हो ।

अफरअन्तर्गत सबै एनसेल ग्राहकहरूले हरेक दिन एनसेल एपको बाई प्याक मेनुमा गई १०० एमबी नि:शुल्क डेटा सक्रिय गर्न सक्छन् । यसले ग्राहकलाई एपका विभिन्न सुविधाहरू प्रयोग गर्दै सधैं कनेक्टेड रहन मद्दत गर्दछ । अफरको उद्देश्य ग्राहकलाई आधारभूत ग्राहक सेवाभन्दा बाहिर गएर डिजिटल जीवनशैली अपनाउन प्रेरित गर्नु हो ।

एनसेल एप डिजिटल माध्यमबाट सजिलै विभिन्न ग्राहक सेवाहरू लिन सकिने एक प्लेटफर्म हो, जसले रिचार्ज सेवा, डेटा तथा भ्वाइस प्याक खरिद, अन्य विभिन्न सेवा लगायत गेमहरू एकै ठाउँमा उपलब्ध गराउँछ । सहज र छिटो पहुँचमार्फत ग्राहकहरूले एपबाट सहज रूपमा ग्राहक सेवाहरू लिन सक्छन् ।

ग्राहक संलग्नता थप बढाउन एनसेलले ‘प्ले एन्ड वीन’ अफर पनि ल्याएको छ, जसअन्तर्गत ग्राहकहरूले साप्ताहिक रूपमा एपमा आधारित गतिविधिहरूमा सहभागिता जनाएर ५० जीबीसम्म डेटा जित्न सक्छन् । प्रयोगकर्ताहरूले दैनिक रूपमा एपमा गई स्पीन द ह्वील, म्याथ च्यालेन्ज, एनसेल रनर, स्क्राच एन्ड वीन जस्ता गेमहरूमा संलग्न भई आफ्नो अंकहरू संकलन गर्न सक्छन् ।

हप्ताभर संकलन भएको अंकका आधारमा ग्राहकहरूको स्थान निर्धारण गरिन्छ र सोहीअनुसार उनीहरूले आकर्षक डेटा पुरस्कारका रूपमा जित्नेछन् । प्रत्येक हप्ता कुल ३ हजार ४१० जना ग्राहकले डेटा पुरस्कारका रूपमा प्राप्त गर्नेछन्, जसमा शीर्ष १० जनाले ५० जीबी डेटा प्राप्त गर्नेछन् ।

उत्कृष्ट १–१० जना ग्राहकहरूले जनही ५० जीबी डेटा प्राप्त गर्नेछन् भने ११–६० स्थानसम्मका ग्राहकहरूले १० जीबी, ६१–१६० स्थानसम्मका ग्राहकहरूले ५ जीबी, १६१–४१० स्थानसम्मका ग्राहकहरूले १ जीबी, ४११–९१० स्थानसम्मका ग्राहकहरूले ५०० एमबी र ९११–३४१० स्थानसम्मका ग्राहकहरूले जनही १०० एमबी डेटा पुरस्कार प्राप्त गर्नेछन् ।

नि:शुल्क डेटा अफर एनसेलको डिजिटल समावेशीकरण तथा ग्राहक संलग्नता अभिवृद्धि गर्ने योजनाअन्तर्गत सञ्चालनमा ल्याइएको छ । दैनिक नि:शुल्क डेटा र विभिन्न क्रियाकलापमार्फत ग्राहक अनुभव अभिवृद्धि गर्दै एनसेलले डिजिटल पहुँचलाई अझ आकर्षक, सहभागितामूलक र सबैका लागि सहज बनाउने लक्ष्य राखेको जनाइएको छ ।