नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा सीआईबीको छापा, अनियमिततासम्बन्धी अनुसन्धान अघि बढ्यो

नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा सीआईबीको छापा, अनियमिततासम्बन्धी अनुसन्धान अघि बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको नख्खुस्थित केन्द्रीय कार्यालयमा छापा मारेको छ।

सीआईबी स्रोतका अनुसार कम्पनीमा भएको भनिएको अनियमिततासम्बन्धी अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदन र नेपाल टेलिकम्युनिकेशन अथोरिटीले गरेको पत्राचारका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको हो।

स्रोतका अनुसार एनसेल स्मार्ट टेलिकमसँग सम्बन्धित सम्पत्ति लिलामी प्रकरण तथा शेयर बाँडफाँटसम्बन्धी विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा आएको हो।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार एनसेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेको आशंकामा थप छानबिन भइरहेको छ।

सीआईबी टोलीले छापामार कारबाहीका क्रममा कम्पनी मुख्यालयबाट केही महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।