काठमाण्डु – एनसेलको मलेसियन साझेदार आजियटाले शेयर बिक्री गरी लगानी फिर्ता लैजाने तयारी गरेपछि परेको रिटमाथि उच्च अदालत पाटनले दुवै पक्षबीच छलफल गराउने आदेश गरेको छ ।
उच्च अदालत पाटनले प्रारम्भिक सुनुवाइ गर्दै छलफलमा दुवै पक्षलाई मंसिर २५ गते बोलाउने आदेश गरेको छ ।
केही दिनअघि आजियटाले नेपालमा व्यावसायिक वातावरण नरहेको भन्दै लगानी फिर्ता लैजाने घोषणा गरेको छ । एनसेलको शेयर बिक्री गरी विदेशी लगानीकर्ता बाहिरिने देखिएपछि गोकुलबहादुर रोकायले शेयर कारोबार रोक्न उच्च अदालत पाटनमा निवेदन दिएपछि अदालतले आदेश गरेको छ ।
अदालतको आदेशमा भनिएको छ, ‘निवेदकले निवेदनमा उल्लेख गरेको विषयवस्तु र आजियटा ग्रूपबाट एनसेलको टीमलाई जानकारी गराएको सूचना समेतका सन्दर्भबाट हेर्दा दुवै पक्षको छलफल सुनी अन्तरिम आदेश जारी हुने/नहुने सम्बन्धमा आदेश जारी गर्न उपयुक्त र मनासिब देखिँदा २०८० मंसिर २५ गतेको छलफल पेशी तोकी सोको सूचना पक्षहरूलाई रितपूर्वक दिई नियमानुसार पेश गर्नू ।’




प्रतिक्रिया