स्वीकृति विना एनसेलको शेयर खरिदबिक्री नगर्न प्राधिकरणको निर्देशन

स्वीकृति विना एनसेलको शेयर खरिदबिक्री नगर्न प्राधिकरणको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति विना एनसेलको शेयर खरिदबिक्री नगर्न होल्डिङ कम्पनी आजियटा ग्रूप र स्थानीय साझेदार सतिशलाल आचार्यलाई निर्देशन गरिएको छ ।

प्राधिकरणले एनसेललाई पत्र पठाउँदै स्वीकृति विना ५ प्रतिशतभन्दा बढी शेयर खरिदबिक्री गर्न नमिल्ने स्मरण गराउँदै शेयर खरिदबिक्री हुन लागेको भनेर जारी भएको विज्ञप्ति र सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

यसैगरी, उच्च अदालत पाटनले शेयर खरिदबिक्री सम्बन्धमा कारण देखाऊ आदेश जारी गर्दै अन्तरिम आदेश दिने/नदिने सम्बन्धमा आगामी मंसिर २५ गते छलफलमा आउन सरोकारवाला पक्षलाई आदेश दिएको छ ।